update 1919: दोस्रो चरणमा भुटानले २ अंक ल्याएको छ भने तेस्रो चरणमा मनीताले पुनः दुई अंक थपेकी छिन । अहिले official result आयो । मनीसा ३:२ ले विजयी भईन् ।
update 1917: मनीता ३:२ ले अगाडी परेकी छिन् ।
update: 1911: फाउल गरे वापत मनीतालाई १ अंक deduction गरिएको छ । अब मनीता १:० ले अगाडी छिन् ।
update 1909: यो खेलमा मनीताले विजय हासिल गरिन् भने सेमिफाईनलमा ताईपेकी विन लि सुसंग खेल्ने छिन् ।
update 1907: पहिलो राउण्डमा दुई अंक लिई मनीता अगाडी बढेकी छिन् ।
update 1906: मनीताको खेल आरम्भ भएको छ । भुटानकी तान्दीन दिन्दुपसंग ।
update 1905: तेस्रो खेल जोर्डनका शादिन थवीब तथा ताईपेकी विन लि सु विच अहिले भईरहेको छ भने सु ३:० ले अगाडी छिन् । सुले ३:० ले विजय हासिल गरेकी छिन् ।
update 1900: अहिले सम्म दुई क्वाटरफाईनल खेल समाप्त भईसकेको छ जसमध्ये पहिलो खेलमा थाईल्याण्डमा दोनापास प्रेमवाई ले द. कोरियाकी रिन चाई जिनलाई ३:० ले तथा फिलिपिन्स की भिरोनीका डोमिङ्गोले लेवनानकी क्यरिना हमुदलाई ५:१ ले पराजित गरी सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
१५औ एसियाली खेल अन्तरगत तेक्वाण्डोको महिला तर्फको ६३ किलो तौल समुहमा नेपाल की मनीता शाही सेमिफाईनलमा पुग्ने वलियो आशा छाएको छ । अहिले केही वेरमा हुन लागेको क्वाटरफाईनल खेलमा भुटानकी तान्दिन दिन्दुपलाई हराउन सकेमा मनीताको पदक जित्ने निश्चित हुने छ । यसलाई हामी क्रमशः अपडेट गर्ने छौ । अपडेट हेर्न कृपया आफ्नो स्क्रिन रिफ्रेश गर्नुहोला।